चितवन विशेष
सेन्ट्रल ग्रुपले अव कृषि क्षेत्रमा पनि लगानी गर्ने

चितवन,मंसिर २७-
शैक्षिक क्षेत्रमा अग्रणी संस्था सेन्ट्रल ग्रुपले अव कृषि क्षेत्रमा पनि लगानी गर्ने भएको छ । सेन्ट्रल कृषि पशुपंक्षि तथा मत्स्य पालन फर्म मार्फत कृषि क्षेत्रमा लगानी गर्न लागिएको हो । कम्पनी दर्ता गरेर फर्मको काम अघि बढाइएको सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँले सरकारले प्राथमिकतामा राखेको कृषि क्षेत्रमा काम गरेर नेपाली युवालाई रोजगारी प्रदान गर्ने उदेश्य राखिएको बताउनुभयो । कृषि फर्म चितवन,नवलपुर र तनहुँ क्षेत्रमा संचालन गरिनेछ ।
सेन्ट्रल ग्रुपले भरतपुर ओरालोमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.ली सञ्चालन गरिरहेको छ भने सोही ठाउँमै नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीका लागि विएचएम र विआइएम अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेज सञ्चालन गरिरहेको छ । सामाजिक क्षेत्रमा समेत सक्रिय ग्रुपले विभिन्न क्षेत्रमा लगानी बिस्तार गरिरहेको छ ।
























