चितवन विशेष

चितवनमा गुडिरहेको मोटरसाईकलको टायर पन्चड भएर टिप्परमा छिर्दा चालकको मृत्यु

Banner

चितवन, पुस २५-

चितवनमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह साढे चार बजे भरतपुर महागरपालिका २२ स्थित कुमियामा भरतपुर देखि माडि तर्फ जाँदै गरेको ना २४ प ५२९४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ३६८३ नम्बरको टिप्पर अगाडि छिर्दा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माडि नगरपालिका २ स्थित भैरपुरका ३५ वर्षिय सूर्य नारायण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार महतोले चलाएको मोटरसाईकलको टायर पन्चड भएर अनियन्त्रित भई टिपर भित्र पसेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका महतोको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडि सवार केशर महतो भने सामान्य घाइते भएका छन् । मोटरसाइकल, टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>