चितवन विशेष
नेकपा एमाले चितवनको इञ्चार्जमा देवि ज्ञवाली चयन, गोकुल बास्कोटालाई जिल्ला इञ्चार्जबाट हटाईयो

काठमाडौं, पुस २२-
नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत उपत्यकाका ३ जिल्लाबाहेक अन्य १० वटा जिल्ला कमिटीमा चुनावसम्मका लागि कामको संयोजन गर्न इञ्चार्जहरु तोकेको छ ।
सचिवालय बैठकले प्रदेश इञ्चार्जमा सचिव महेश बस्नेतलाई जिम्मा दिइसकेको छ । सिनियर केन्द्रीय सदस्यलाई इञ्चार्जको जिम्मा दिने भनिएकोमा काभ्रेपलान्चोकमा भने यसअघि पोलिटव्युरो सदस्य रहिसकेका र हाल सचिवमा पराजित भएर केन्द्रीय सदस्य जितेका तत्कालीन जिल्ला इञ्चार्ज गोकुल बास्कोटाको जिम्मेवारी भने खोसिएको छ ।
बास्कोटाको ठाउँमा पहिलोपटक केन्द्रीय सदस्य बनेका अशोक ब्याञ्जुलाई इञ्चार्ज बनाइएको छ । यी हुन् एमालेका वागमती प्रदेश अन्तर्गतका जिल्ला संयोजन गर्ने इञ्चार्जहरुमा सिन्धुलीमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुङ्गेल, काभ्रेपलाञ्चोकमा अशोक ब्यन्जु, सिन्धुपाल्चोकमा सुवास कर्माचार्य, धादिङमाभूमि त्रीपाठी, दोलखामा पार्बत गुरुङ्ग, नुवाकोटमा केशब पाण्डे, रसुवामा प्रेम तामाङ्ग, मकवनपुरमा रामेश्वर राना र चितवनमा देवी ज्ञवाली रहेका छन् ।
























