इच्छकामना

चितवनको कुरिनघाट क्षेत्रबाट त्रिशुलीमा बेपत्ता दुई युवाको खोजी जारी

Banner

चितवन,पुस २०-

चितवन र गोरखाको सिमानामा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रबाट त्रिशुली नदीमा बेपत्ता भएका दुई युवाको खोजी जारी छ । उनीहरू शनिबार बेलुका नुहाउनेक्रममा त्रिशूली नदीमा बेपत्ता भएका थिए । त्रिशूली नदीको झोलुङ्गे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसारा निवासी २१ वर्षीय शङ्कर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु छन् । दुबै जना गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जना सिइ कन्ट्रक्सन प्रालिमार्फत काम गर्न आयोजनमा आएको पाइएको छ । घटनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो ।

शनिबार बेलुका नै नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि उनीहरुको कुनै अत्तोपत्तो नलागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्रिशुली नदीमा नदीको बहाब तीव्र भएकाले खोजी कार्य आइतबार बिहानदेखि थप जनशक्ति र उपकरणसहित खोजी कार्यलाई निरन्तरता दिइने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले नदीमा नुहाउँदा सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । घटनाले स्थानीयवासी तथा आयोजनामा कार्यरत मजदुरलाई स्तब्ध बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>