चितवन विशेष

उद्योग वाणिज्य संघ चितवनको निर्वाचनका लागि शिरिस पन्त समूहको उम्मेदवारी घोषणा

Banner

पवन पण्डित

चितवन, पुस १२-

उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनका लागि हालका शिरीष पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । पुस २१ गते हुने निर्वाचनका लागि उनले आफ्नो नेतृत्वमा प्यानल नै घोषणा गरेका हुन् ।

अघिल्लोपटक उपविजेता बनेका पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा लोक बहादुर रानाभाट, उपाध्यक्षमा गुणराज पौडेल, शंकर घिमिरे र जनक पौडेलको नाम सार्वजनिक गरिएको छ । यस्तै अन्य सदस्य पदका उम्मेद्वारको भने नाम सार्वजनिक गरिएको छैन ।

उम्मेद्वारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेद्वार पन्तले भरतपुर तथा नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ र फुटपाथको व्यवस्था गर्न पहल गर्ने बताएका छन् । उनले वैज्ञानिक घर भाडा, प्रणालीलाई लागु गर्ने बताउँदै चितवनका होटल तथा रेष्टुरेण्डलाई २४ सैँ घण्टा सञ्चालन गर्नका लागि आवश्यक पहल गरिने बताए ।

अहिले २५ वर्षभन्दा मुनिका व्यक्ति उद्योग वाणिज्य संघको उम्मेद्वार हुन नपाउने व्यवस्थालाई हटाउनका लागि पहल गर्ने समेत उनको प्रतिवद्धता रहेको छ । पन्तले आफ्नो ३० बुँदे प्रतिबद्धता पत्रमा व्यवसायी सदस्यताको शुल्कमा लिइने जरीवानालाई खारेज गर्नुका साथै निष्कृय रहेका व्यवसायीको शुल्क छुटको व्यवस्था गर्ने विषय उल्लेख गरेका छन् ।

संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । जसअन्तर्गत ५ जना पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना तथा क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन् । साथै ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>