समाचार

आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

Banner

काठमाडौं,पुस १०-

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी, आज राति देशका तराई भूभागमा हुस्सु लाग्नेछ । कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>