चितवन विशेष

चितवन हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान

Banner

चितवन, पुस ७-

चितवनको सौराहामा हुन लागेको हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान गरिएको छ । पशु अधिकारकर्मी तथा यससम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाहरुले आज (सोमबार) सयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान गरेका हुन् । पशु अधिकार कर्मीले विज्ञप्ती मार्फत हानिकारक पदार्थहरुको प्रयोग, प्राकृतिक स्वरुपको सम्मान र हात्ती फुटबल तथा पेनाल्टी तत्काल बन्द गर्न माग गरेका छन् ।
सयुक्त विज्ञप्ती जारी गर्दै २७ वटा संघसंस्थाले हात्ती मनोरञ्जनका लागि नभई उनीहरुको अधिकारका लागि ख्याल गर्न माग गरेका छन् । उनीहरुले हात्तीहरुको कल्याणस्तर सुधार गर्न केही प्रयास गरेतापनि सार्वजनिक प्रयोग र कार्यक्रमहरुको लागि हात्तीहरुलाई प्रशिक्षण दिने तरिका अप्राकृतिक, अमानवीय र कु्रर हुने दाबी गरेका छन् । कार्यक्रममा र्याली, सुन्दरी प्रतियोगिता, खेलकुद वा अन्य महोत्सव गतिविधिहरुका लागि हात्तीलाई प्रशिक्षित गर्ने प्रक्रिया तनाव, डर र पीडायुक्त हुने भन्दै उनीहरुको शारिरीक र मानसिक स्वास्थ्यमा गम्भीर असर प¥याउने पशु अधिकार कर्मीको भनाई छ ।
हात्तीहरु अत्यन्त बौद्धिक, सामाजिक र संवेदनशील प्राणी भएको भन्दै पर्यटन योगदानको नाममा यस्ता गतिविधिहरुका लागि संवेदनशील प्राणीहरुको गरिमा र प्राकृतिक व्यवहारको बलिदान दिन बाध्य नबनाउन समेत उनीहरुले चेतावनी समेत दिएको छ ।
हात्ती सुन्दरताको नाममा प्रयोग गरिने सेतो चकमा क्याल्सियम सल्फेट वा क्याल्सियम कार्बोनेट हुने हुँदा यसको धुलोले आँखा तथा छालामा असर पुर्याउने हुँदा रातो सिन्दुर अविर सीनाबार बाट बनाईएको रङ प्रयोग नगर्न समेत अनुरोध गरिएको छ । सरकार, पर्यटन निकाय, महोत्सव आयोजकहरु र प्रायोजकहरुलाई मनोरञ्जनभन्दा संरक्षण र प्राकृतिक व्यवहारलाई प्राथमिकता दिँदै हात्तीमैत्री नौतिक पर्यटनको रुपान्तरणमा लैजान उनीहरुले अनुरोध गरेका छन् । चितवनको सौराहामा डिसेम्बर २६ देखि २८ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>