Uncategorized
राष्ट्रिय आधारभूत विद्यालय खेतबारीको ४३ औँ वार्षिकउत्सव, ८ कोठे भवन उद्घाटन

चितवन, पुस १-
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा रहेका श्री राष्ट्रिय आधारभूत विद्यालयको ४३ औँ वार्षिकउत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आठ कोठे भवनको समेत उद्घाटन गरिएको छ । सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले शैक्षिक सुधारका लागि पालिकाले विशेष प्राथामिकताका साथ बजेट विनियोजन गरेको भन्दै सबैको साथ र सहयोगबाट कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले शिक्षाबाट कोही नागरिक पनि बन्चित हुन नहुने भन्दै विद्यार्थी मैत्री वातावरण बनाउन शिक्षक कर्मचारीलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष बमबहादुर मगर, तेजबहादुर शेरचन लगायतको उपस्थित रहेको थियो । कार्यक्रम विद्यालयका प्राध्यानाध्यापक देव बहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

























