चितवन विशेष

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र

Banner

सौराहा,पुस १-

पर्यटकीय नगरी सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी पुस ११ देखि १३ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले रत्ननगर नगरपालिकाको संरक्षकत्व तथा संघको आयोजनामा आयोजना हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने जानकारी दिनुभयो । उहाँले सौराहामा दुई दशक अघिदेखि आयोजना हुँदै आएको हात्ती महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि भई चितवनका पर्यटकिय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको समेत बताउनु भयो । उहाँले डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि वन्यजन्तु तथा वातावरणमैत्रीको लागि प्रकृति अनुकूल स्टल र स्टेजहरू निर्माण गरिने समेत जानकारी गराउनु भयो । उहाँले बहुलजाती, बहुभाषा र कला संस्कतिको प्रवद्र्धन गर्दै भाविष्यको संरक्षण समेत महोत्सवको विषेशता रहेको बताउनु भयो ।

करिव ८० वटा हातीहरु द्वारा शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको अंगार प्रतियोगिता कार्यक्रम स्थलमा लाईभ हात्ती माउते द्वारा हात्तीलाई स्केच, चकले हात्तीलाई श्रृंगार पटार गरिने, हात्तीको स्वास्थ्य शिबिर लगायत महोत्सवका आकर्षणहरु रहेको खनालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>