खेलकुद

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा

Banner

काठमाडौं, मंसिर २३-

पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश गरेको छ । यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४।१ ओभरमा ७८ रनमै समेटियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>