देश/प्रदेश
विपद्मा परेकालाई सघाउन अक्षयकोष
०

म्याग्दी,कात्तिक २७-
रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७० लाख सङ्कलन भएको छ ।
बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताउनुभयो । “दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “हालसम्म रु ७० लाख सङ्कलन भएको कोषमा रु एक करोड पुयाएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।”
साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























