नवलपरासी

फ्लाईट नै छाडेर फरक क्षमताका फ्यानलाई भेट्न पुगे दुर्गेश, गरे आर्थिक सहयोग

Banner

नवलपरासी, मंसिर २३–

दुर्गेश अहिलेको पछिल्लो समयमा निकै चर्चित र व्यस्त कलाकार हुन् । उनले दर्शकहरूलाई भगवान मान्ने गर्दछन् । गत शनिबार पश्चिम नवलपरासीको सुनवलमा भएको पाँचौं सुनवल महोत्सवमा आफ्नो प्रस्तुति दिन गएका दुर्गेश थापालाई भेट्न नपाउँदा एक फरक क्षमता भएका बालक (भुवन अर्याल) निकै दुःखी भएका थिए।

त्यो कुरा दुर्गेशले थाहा पाएपछि दुर्गेश आफै भुवनलाई भेट्न उनको घरमा पुगेका थिए। जब थापा भुवनको घर पुग्दा निकै अचम्मित भएका थिए । थापाले आफ्नो फ्लाइट नै छोडेर फ्यानलाई भेट्न घर पुगेका थिए । शारीरिक रुपमा अशक्त भएपनि भुवन दिमागमा निकै तेज छन् । दुर्गेश थापा आफ्नो घरमा पुगेपछि भुवनको परिवारमा रुवाबासी नै चल्छ। दुर्गेश थापाले आफूसँग भएको केही रकम भुवन अर्याललाई दिएको देखेपछि उनीसंगै आएका चर्चित कलाकार पेमा दावा लामाले पनि सहयोगार्थ दश हजार दिए ।

भुवनको परिवारमा आर्थिक सहयोगभन्दा पनि दुर्गेशलाई भेट्ने सपना पूराको कुराले महत्व राखेको थियो । कलाकार थापाले भुवनको आमाबुवालाई एउटा बाचा समेत गरेका छन् । ‘भुवनलाई जुनसुकै समयमा जे गर्दा पनि यदि भुवनलाई मेरो साथ चाहिन्छ भने म सदैव भुवनको साथमा छु’– उनले भने । यसभन्दा अगाडि दुर्गेश थापाले भुवन जस्तै कैयौँ व्यक्तिलाई भेटेर सहयोग गरिसकेका छन् । भुवनलाई भेट्दा पनि कलाकार थापाले आफूसँग भएको रकम दिएर सहयोग गरे । उनले सहयोगसंगै भुवनलाई जुनसुकै समयमा जे आवश्यक पर्छ त्यसको लागि आफू सधै सहयोग गर्न तयार रहेको बाचा समेत गरे ।

उनको त्यो बाचाले भुवनको परिवार र समाज नै स्तब्ध बनेको थियो। दुर्गेश चर्चित गीतले मात्र नभई यस्तै सामाजिक कामले पनि लोकप्रिय बन्दै गइरहेका छन् । त्यसैले दुर्गेश थापा आफू स्वयं नै भन्ने गर्छन् दुर्गेश थापा नाम होइन ब्रान्ड हो ब्रान्ड ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>