अन्तर्राष्ट्रिय

चीनको युद्धपोतले अमेरिकी नौसेनालाई चुनौती दिने अनुमान

Banner

काठमाडौं, मंसिर २२-

चीनले नोभेम्बर २०२५ मा अहिलेसम्मकै सबैभन्दा उन्नत विमानवाहक युद्धपोत फुजियान सार्वजनिक गरेको थियो । फुजियान देशको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टको सुविधा छ । यसले विमानहरूलाई उच्च गतिमा उडान भर्न सक्ने क्षमता प्रदान गर्छ ।

विज्ञहरूका अनुसार, यसले पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने चीनको लक्ष्यलाई नजिक पुर्‍याएको छ । फुजियान नामको यो पोत, जसको तौल ८० हजार टन छ, ताइवानको सबैभन्दा नजिक रहेको चिनियाँ प्रान्तको नामबाट नामाकरण गरिएको हो । यसले करिब ७० वटा विमान बोक्न सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>