अर्थ

आजदेखि ‘९७१’ बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्दै एनसेल

Banner

काठमाडौँ,मंसिर २२-

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ९७१ अंकबाट सुरु हुने नयाँ मोबाइल नम्बर (सिम) वितरण सुरु गरेको छ । आजदेखि लागु हुने गरी यो रेन्जको नयाँ नम्बर सर्वसाधारणका लागि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते नै एनसेललाई यो नयाँ नम्बर रेन्ज (९७१-XXXXXXX) प्रयोग गर्न अनुमति प्रदान गरेको थियो । प्राधिकरणको सोही अनुमति र उपभोक्ताको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ सिरिज सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ नम्बर सिरिज जारी गरेसँगै एनसेलले सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायकहरूलाई आफ्नो सिस्टम अपडेट गर्न आग्रह गरेको छ । विभिन्न डिजिटल सेवा, एसएमएस बैंकिङ, अनलाइन भेरिफिकेसन तथा ओटीपी जस्ता सेवाका लागि मोबाइल नम्बर प्रणालीमा आवद्ध हुनुपर्ने भएकाले ९७१ रेन्जलाई यथाशीघ्र आफ्नो प्रणालीमा इन्टिग्रेट गर्न कम्पनीले सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>