समाचार
गृहमन्त्री अर्याल धनगढीमा
०

सुदूरपश्चिम, मङ्सिर १५-
गृहमन्त्री ओमप्रकाश अर्यालले आज कैलालीको गौरीफन्टा सीमा नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले सीमा नाकामा सञ्चालन रहेको शान्ति पुनस्र्थापना गृह र स्वास्थ्य सहायता कक्षबाट भइरहेका गतिविधिबारे जानकारी लिनुभयो । यसअघि गृहमन्त्री अर्यालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा रहेको अस्पतालको पनि निरीक्षण गर्नुभयो ।
मङ्गलबार धनगढीमा आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री सुरक्षा निकायका प्रमुखसहित आज धनगढी आइपुग्नुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























