इच्छकामना

इच्छाकामनामा शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगिताः ग्रिन फिल्ड प्रथम, प्रगती पाठशाला द्धितिय

Banner

चितवन, मंसिर १३-

चितवनको इच्छाकामना गाउँपालिकामा पालिका स्तरिय माध्यमिक विद्यालय शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।इच्छाकामना प्याबसनको आयोजनामा शनिवार समपन्न प्रतियोगितामा छ टोलीलाई पराजित गर्दै ग्रिन फिल्ड स्कुल प्रथम भएको छ ।

त्यस्तै प्रगती पाठशाला द्धितिय र त्रिवेणी बाराहा मध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीले नगद, ट्रफि र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका–३का वडाध्यक्ष तथा प्रवक्ता नरबहादुर नेपाल रहनुभएको थियो । सो अवसरमा बोल्दै उहाँले स्वास्थ्यका लागि खेलकुद अत्यावश्यक भएको भन्दैै अनुशासन पुर्ण जिवनका लागि पनि खेल आवश्यक रहेको बताउनुभयो । उहाँले इच्छाकामना प्याबसनले निकै राम्रो कामको थालनि गरेको भन्दै पालिकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका इच्छाकामना प्याबसनका फोकल पर्सन टंक त्रिपाठीले सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रम प्रगती पाठशालाका शिक्षक सुर्दशन कट्टेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा चितवन जिल्ला भलिवल संघका महासचिव रमेशचन्द्र विकले प्रमुख रेफ्रिको जिम्मेवारी तथा सन्तोष मजाकोटी, अशोक परियारले रेफ्रिको भूमिका निर्वाह गर्नुभएको थियो ।
विशिष्ट अतिथिहरुमा शिक्षा शाखा कुरिन्टारका प्राविधिक साहायक राजेन्द्र रोकाय, अतिथिहरुमा संस्थागत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बाशुदेव सिलवाल, श्री सर्वशान्ति माविका प्रअ जोहन खरेल, त्रिवेणी माविका प्रअ युवराज लामा, माझगाउँ माविका प्रअ कमल गुरुङ, ग्रिन फिल्ड टुका प्रचार्य राम थापा, मस्याङ्दी सदनका दिपक श्रेष्ठको सहभागिता रहेको थियो । दिपक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट शुभकामना मन्तव्य राख्दै जोहन खरेलले सहकार्य र सहभावनाका साथ शैक्षिक क्षेत्रलाई अगाडि बढाउन यस्तो मैत्रिपुर्ण खेलले सकारात्मक सन्देश दिने बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>