खेलकुद

कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित

Banner

काठमाडौं, मंसिर १२-

बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरको जितमा बसिर नायक बने । एक समय ६५-५ को स्थितीमा रहेको विराटनगरलाई बसिरले जितसम्म पुर्‍याउने क्रममा धैर्य भएर ब्याटिङ गरे । उनले ४३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन जोडे ।

२०औं ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै उनले विराटनगरको जित पक्का गरेका थिए । बसिरले छैटौं विकेटका लागि नारायण जोशीसँग महत्वपूर्ण ६९ रनको साझेदारी गरेका थिए । नारायणले १६ बमला २ चौका र १ छक्का प्रहार गर्दै २५ रन योगदान गरे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुईरदुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले प्रियांक पान्चलको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>