चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जले बस्ती पसेको गैँडा स्थानान्तरण गर्‍यो

Banner

चितवन, मंसिर १२-

चितवन राष्ट्रिय निकुञ्जले बस्ती पसेको गैँडालाई स्थानान्तरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २३को घैलाघारी स्थित अन्नपुर्ण फार्म हाउसमा पसेको गैँडालाई डार्क गरेर आज (शुक्रबार) सौराहाको राष्ट्रिय सरक्षण प्राकृतिक कोषमा स्थानान्तरण गरेको हो ।

दिनहुँ बस्ती पसेर अन्नबालीमा क्षती पुर्‍याएपछि गैँडाको स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले जानकारी दिए । बस्तीमा आएर दिनहुँ मानिसहरुलाई त्रासमा पार्न थालेपछि स्थानीयले फाम हाउस भित्र थुनेर राखेका थिए । स्थानान्तरण नभएसम्म गैँडालाई थुनेर राख्ने भन्दै केरुङ्गा मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिको कार्यालय घेरेर दबाव दिएपछि गैँडाको स्थानान्तरण गरिएको भरतपुर वडा नम्बर २३ का वडाध्यक्ष दिपक दुवाडीले जानकारी दिए ।

‘यो गैँडा दिउँसो नियमित रुपमा आउथ्यो । त्यसले जनतालाई पनि त्रास पैदा गरेको थियो,’ अध्यक्ष दवाडीले भने ‘अन्नवालीमा उत्तिकै क्षती पु¥याउने गरेको थियो ।’ मानव वस्तिमा वन्यजन्तु प्रवेशमा दिर्घकालिन रुपमा रोक लगाउनुपर्ने बताए । शुक्रबार मानव वस्तिमा गैँडा छिरेपछि नजिकैको स्कुल समेत वन्द गरिएको थियो ।

जगतपुर क्षेत्रमा नियमित गैँडा बस्ती छिर्दा अन्नबालीमा ठुलो क्षती पु¥याउने गरेको टोल विकास समितिका अध्यक्ष सोम बहादुर आचार्यले जानकारी दिए । घैलाघारी क्षेत्रमा ५ सयभन्दा बढी किसानहरुको अन्नबाली क्षती गर्दै आएको उनले बताए । ‘वन्यजन्तुले ठुलो मात्रामा अन्नबालीमा क्षती पु¥याएको छ,’ उनले भने ‘राहत थोरै पाइन्छ । यहाँका किसानहरु क्षतीपुर्ति समेत माग्न जाँदैनन् ।’ धान, तोरी, गहुँ लगायतका अन्नबाली खान गैँडा बस्ती छिर्ने गरेको उनले बताए । तार बार नलगाउँदा विगतमा स्थानीयलाई धेरै समस्या थियो । पछिल्ला वर्षमा यसपटक गैँडा बढी बस्ती छिर्ने गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>