अन्तर्राष्ट्रिय

फेरि सहज बन्दै यूएईको भिसा

Banner

काठमाडौं,मंसिर ११-

केही समययता नेपालीका लागि प्रभावित बनेको संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा फेरि सहज हुँदै गएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै भिसा जारी प्रक्रिया रोकेको यूएईले पुनः भिसा जारी गर्न थालेको हो ।

काठमाडौंस्थित यूएई दूतावासका अनुसार अब सम्पूर्ण प्रकारका भिसा आवेदन दिन नेपाली नागरिकले नेपाल प्रहरीले जारी गरेको रिपोर्ट संलग्न गरेर दिन सक्नेछन् । यही नयाँ प्रावधानसहित भिसा प्रक्रिया पुनः सञ्चालनमा आएको दूतावासले जनाएको छ। भिसा रोकिँदा यूएई सरकारले वर्क परमिट जारी गरिसकेका झन्डै ५ हजार नेपाली श्रमिक रोकिएका थिए। यूएई नेपाली श्रमिकका लागि प्रमुख रोजगारी गन्तव्यमध्ये एक हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>