चितवन विशेष

जेनजी आन्दोलनमाथि दमनः छानविन गर्न अखिल क्रान्तिकारी चितवन चितवनद्धारा हस्ताक्षर संकलन

Banner

चितवन, मंसिर १०-

अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिले जेनजि आन्दोलनमा भएको दमनको विरुद्ध संकलन गरिएको हस्ताक्षर हस्तान्तरण गरिएको छ । अखिलले आज (बुधबार) एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ५० हजार हस्ताक्षर बुझाएको हो । भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा २०८२ भदौ २३–२४ गते भएका दमन, हत्या तथा घुसपैठका घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कानुनी कारबाहीको मागसहित अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिले हस्ताक्षर संकलन गरेको थियो ।

समितिले “जेन जि आन्दोलन” माथि भएको दमन, हत्या र षड्यन्त्रपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानबिनका लागि सरकारलाई दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन गरिएको अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष शुशिल कार्कीले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै समितिले आन्दोलनमा घाइते भएका विद्यार्थीहरूको छिटो स्वास्थ्यलाभको कामना समेत व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>