चितवन विशेष

भरतपुरमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु

Banner

चितवन, मङ्सिर ९-

भरतपुर महानगरपालिकाले ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ। कार्यक्रमको उद्घाटन मेयर रेनु दाहालले गर्दै महानगरले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न सेवा जनतासम्म पुर्‍याइरहेको बताउनुभयो। महानगर बासीको स्वास्थ्यलाई मध्यनजगर गर्दै हरेक वर्ष बिभिन्न कार्यक्रमहरु मार्फत जनतामाझ महानगर पुग्ने गरेको उहाँको भनाई थियो ।

यस वर्ष कार्यक्रम महिलामुखी बनाइएको छ, विशेषगरी स्त्री तथा प्रसूति रोग, मानसिक स्वास्थ्य तथा सामान्य स्वास्थ्यबारे जनचेतना प्रदान गरिनेछ।

महानगरका १५–६० वर्ष उमेर समूहका महिला तथा किशोरीलाई लक्षित कार्यक्रम दुई महिना सञ्चालन हुनेछ। २९ वडाबाट करिब ६ हजार ५ सय सहभागी हुने अपेक्षा गरिएको छ। पहिलो वर्ष ६८ वर्ष माथिका नागरिकको स्वास्थ्य परिक्षण र दोस्रो बर्ष ६० वर्ष भन्दा माथिका जेष्ठनागरीकको स्वास्थ्य परिक्षण गरिएको थियो । यस वर्ष महिलाहरुको प्रसुती रोग संग सम्बन्धित बिशेष गरी कार्यक्रम संञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मेयरसंग स्वास्थ्य कार्यक्रमले जनताको स्वास्थ्यमा महानगरको चासो व्यक्त गर्ने गरेको बताउनुभयो । यसले जनता संग प्रत्यक्ष सम्पर्क भएर जनताको गुनासो समेत सुन्ने बातावरण तयार गर्ने गरेको भन्दै उहाँले यस कार्यक्रमबाट सबैले लाभ लिनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा महानगरका स्वास्थ्य विज्ञ, अधिकारी तथा चिकित्सकहरूले कार्यक्रमबारे जानकारी प्रस्तुत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>