चितवन विशेष

चितवनका देवेन्द्र ‘द स्पिकिङ टाइटन’को टप २०मा प्रवेश

Banner

चितवन, मंसिर ०८-

चितवनका देवेन्द्र श्रेष्ठ नेपालकै पहिलो टिभी रियालिटी शो ‘द स्पिकिङ टाइटन’को टप २० मा पुगेका छन् । दामी मिडियाद्धारा आयोजित यस रियालिटी शोमा श्रेष्ठ ३० जनाबाट सिँधै टप २० मा पुगेका हुन् ।

पूर्वि चितवनको खैरहनी नगरपालिका ९ स्थित पर्सा घर भएका श्रेष्ठले मंगलबार टप १५मा प्रतिष्प्रर्धा गर्दैछन् । उनी सात महिनाअघि अडिसनबाट रियालिटि शोमा छनोट भएका थिए । एपिवान एचडि र ओएसआर रियालिटि यूटुबमा सोमबार र मंगलरबार ९ बजे प्रशासरण हुने रियालिटी शोमा सञ्चारकर्मी दिलभूषण पाठक, पुर्व मिस नेपाल माल्भिका सुब्बा, परान फिल्मका निर्माता तथा ट्रेनर रञ्जित आचार्य, शेरराज भट्टराई निर्णायक भूमिकामा रहेका छन् । भोटिङको आधारमा टप १५ छनोट गरिने छ । प्रतियोगितामा एक व्यक्तिले तीन मिनेटसम्म स्पिच दिनेछन्

त्यसका लागि विश्भरबाट aventoz app ,avenoz ko website र नेपालबाट esewa र खल्तीबाट सजिलै गर्न सकिने छ । भोटिङ लाइन सोमबार १० बजेदेखी बिहीवार २ बजेसम्म खुल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>