समाचार

हट्यो पश्चिमी वायुको प्रभाव, यस्तो छ आजको मौसम

Banner

काठमाडौं,मसिर ७-

देशको मौसममा पश्चिमी वायुको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि गत शुक्रबार बिहानदेखि हिजो शनिबार बिहानसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव थियो।

अहिले भने मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (आइतबार) बिहान ८ बजे दिएको जानकारीअनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै आज राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा आंशिक रूपमा अर्थात् थोरै बादल लाग्नु हो भने मुख्यतया सफा भनेको छिटपुट बादलबाहेक पूरै आकाश सफा रहनु हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>