खेलकुद
एनपीएल उद्घाटन खेलः काठमाडौंले फिल्डिङ गर्ने
०

काठमाडैँ, मंसिर १-
नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
सोमबार अपारह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलका निम्ति भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङको निम्तो दिए ।
एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि, जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमाण्डूविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो । यता, काठमाण्डूले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























