चितवन विशेष

चितवनका पत्रकारका लागि ‘आर्थिक पत्रकारिता तालिम’ सुरु

Banner

चितवन, कार्तिक ३०–

उद्योग वाणिज्य संघ चितवन र नेपाल पत्रकार महासंघ चितवन शाखाले संयुक्त रुपमा आर्थिक पत्रकारिता तालिम सुरु गरेको छ । आइतबार उद्योग वाणिज्य संघको परिसरमा सुरु भएको तालिमको संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले समुद्घाटन गरे ।

प्रशिक्षकद्धय मोदनाथ ढकाल र यज्ञ बन्जाडेलाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको औपचारिक सुरुवात गरिएको हो ।उद्घाटनको क्रममा संघका अध्यक्ष श्रेष्ठले चितवनका पत्रकारहरुको दक्षता अभिवृद्धिमा संघले विगतदेखि नै सहकार्य गर्दै आइरहेको स्मरण गर्दै यसपटक पनि आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहेका पत्रकारहरुलाई थप सहयोग गर्न तालिमको आयोजना गरिएको बताए । उनले तालिमको भरपुर फाइदा उठान आग्रह गर्दै संघले आगामि दिनमा थप नयाँ किसिमको तालिम आयोजना गर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बसन्त पराजुलीले तालिममा सहभागि पत्रकारहरुलाई प्रशिक्षकहरुबाट सक्दो ज्ञान लिन आग्रह गरे । आर्थिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारहरु प्रशिक्षक भएकाले त्यसको भरपुर फाइदा उठाउन जोड गरे । उनले चितवनका पत्रकारहरुलाई आवश्यकताको आधारमा तालिम दिँदै आइरहेको भन्दै आगामि दिनमा थप तालिमलगायतका कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाए ।

दुई दिनसम्म चल्ने तालिम सोमबार सकिने छ । तालिममा २० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>