अन्तर्राष्ट्रिय
चितवनका हरिप्रसादले दिए डेनमार्कको क्षेत्रीय र महानगर प्रतिनिधिमा उमेदवारी
०

चितवन, कात्तिक २७-
डेनमार्कको रिजनल काउसिल मेम्बर (क्षेत्रिय परिषद सदस्य) र नगर परिषद सदस्यका लागि चितवनका हरिप्रसाद न्यौपानेले उमेदवारी दिएका छन्।
नोभेम्बर १८ तारिकमा हुन लागेको निर्वाचनमा डेनमार्कको सत्तारुढ सोसल डेमोक्र्याट पार्टीका तर्फबाट न्यौपानेले कोपनहेगनको नगरपरिषद सदस्यको उमेदवारी दिएका हुन्। सँगै उनी पूर्वी डेनमार्क क्षेत्रको क्षेत्रीय परिषद सदस्यको समेत उमेदवार बनेका छन्।
१७ वर्ष अघि डेनमार्क पुगेका न्यौपाने डेनमार्कको नेसब्रक कलेजका लेक्चरर हुन्। उनी सामाजिक संघ संस्थामा समेत सक्रिय छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























