खेलकुद
ब्लाइण्ड महिला टी–२० विश्वकप क्रिकेटमा नेपालको सानदार जित
०

काठमाडौं, कात्तिक २६-
ब्लाइण्ड महिला टी–२० विश्वकप क्रिकेटमा श्रीलंकामाथि नेपालले आफ्नो पहिलो खेलमा सानदार जित निकालेको छ । भारत र श्रीलंकामा हिजो (मंगलबार) बाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकामाथि ९ विकेटको जित हात पारेको हो ।
श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा एक विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरिन् । उनले २२ बलमा अविजित ६१ रन बनाइन् ।
बिनिता पुनले १३ रन बनाउँदा सुस्मा तामाङ ४ रनमा अविजित रहिन् । बलिङमा सन्दया निलन्थीले एक विकेट लिइन् । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























