अन्तर्राष्ट्रिय
फिलिपिन्समा शक्तिशाली आँधीबाट २५० जनाको मृत्यु
०

फिलिपिन्समा, कात्तिक २६-
फिलिपिन्समा शक्तिशाली आँधीबाट दुई सय ५० जनाको मृत्यु भएको छ । गत साता लगातार आएका दुई शक्तिशाली आँधीबाट लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बताएका छन्।
फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले नोभेम्बर ४ मा आएको कालमेगी आँधीले मध्य फिलिपिन्समा ठूलो बाढी र पहिरो निम्त्याएको जनाएको छ। जसमा दुई सय ३२ जनाको मृत्यु भएको छ भने एक सय १२ जना हराइरहेका छन्।
आँधीका कारण धेरैजसो मृत्यु सेबु प्रान्तमा भएको छ। यो क्षेत्र सेप्टेम्बर ३० मा गएको ६.९ म्याग्निच्युडको भूकम्पबाट अझै पनि पीडित छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























