अन्तर्राष्ट्रिय

चीनमा भर्खरै खुलेको पुल भत्कियो, मानवीय क्षति भने भएन

Banner

सिचुआन, कात्तिक २६-

चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा देशको मुख्य भूभागलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा रहेको तथा भर्खरै सञ्चालनमा आएको एउटा पुलको केही भाग मंगलबार भत्किएको छ। स्थानीय अधिकारीहरूका अनुसार यस घटनामा कुनै मानवीय क्षति भने भएन।

स्थानीय सरकारले दिएको जानकारीअनुसार, पुल नजिकैका ढलान र सडकहरूमा चिराहरू देखिएपछि तथा पहाडको भूभागमा विस्थापन देखिएपछि माअर्काङ सहरको प्रहरीले ७५८ मिटर लामो हङछी पुलमा सोमबार दिउँसो नै सबै किसिमका यातायातका लागि रोक लगाएको थियो।

मंगलबार दिउँसो पहाडी क्षेत्रको अवस्था झन् बिग्रियो, जसले गर्दा पहिरो खस्यो। यसै पहिरोका कारण पुलको पहुँच सडक र सडकको आधार भत्किएको स्थानीय सरकारले जनाएको छ।

निर्माण कम्पनी सिचुआन रोड एन्ड ब्रिज ग्रुपले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोअनुसार यो पुलको निर्माण यसै वर्षको सुरुमा सम्पन्न भएको थियो। रोयटर्स

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>