अन्तर्राष्ट्रिय
ढाकामा पनि बम विष्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा
०

काठमाडौँ, कात्तिक २६-
भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ ।
ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन ।
एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार मंगलबार ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका थिए ।
जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले जनाएको छ । यसले यस्ता आक्रमण जारी राख्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























