समाचार
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित
०

काठमाडौँ, कार्तिक २५ –
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको सभापति तुलसाकुमारी दाहालले बताउनु भयो । उहाँकाअनुसार प्रतिवेदनमा समितिले वर्षभरी समसामयिक विषयमा गरेका निर्णयहरु उल्लेख गरिएको छ । उहाँले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताउनुभयो ।
उहाँका अनुसार अध्ययनका लागि सुदूरपश्चिम जानको लागि मिति तोक्न बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने पनि बताउनु भयो । जेन–जी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























