इच्छकामना
होटल व्यवसायी संघ चितवन मुग्लिन इकाइको अध्यक्षमा पुजन भण्डारी निर्वाचित

रोहिणी त्रिपाठी,
मुग्लिन,कात्तिक २३-
होटल व्यवसायी संघ चितवन मुग्लिन इकाइको अध्यक्षमा पुजन भण्डारी निर्वाचित हुनुभएको छ । इकाइको सातौं साधारण सभा तथा छैठौं अधिबेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा पुरुषोत्तम पोख्रेल,सचिवमा कमल श्रेष्ठ,सहसचिवमा कृष्ण प्रसाद त्रिपाठी र सदस्यहरुमा भेषलाल श्रेष्ठ,सर्मिला गौचन,सन्दिप शाह,आशिष कार्की,पुष्पा वस्ती र शर्मिला राना निर्वाचित हुनुभएको छ । मुग्लिनको पहिचाननै यहाँको होटल व्यवसाय हो । यस संस्थामा यहाँका ९० होटल आबद्ध छन ।
यसअघि मिन बहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल,वडा अध्यक्ष तेज बहादुर सेरचन,रुद्र उप्रेती,होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट,पुर्व अध्यक्ष इमान्दु बराल,इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंह लगायतको उपस्थिति रहेको थियो ।






















