अन्तर्राष्ट्रिय
रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
०

काठमाडौं,कात्तिक ९-
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुससँग हुने वार्तामा चीनको सहयोग चाहेको बताएका छन्। ट्रम्पले एसिया भ्रमणमा निस्किने बेला एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै चीनले अमेरिकालाई युक्रेन शान्ति प्रक्रियामा मद्दत गरोस् भन्ने लागेको प्रतिक्रिया दिएका हुन्।
ट्रम्पले भने, ‘म चाहन्छु- चीनले हामीलाई युक्रेन शान्ति प्रक्रियामा मद्दत गरोस्।’ एसिया भ्रमणका क्रममा दक्षिण कोरियामा आफूले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने उनले बताए। चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो र युक्रेन युद्धमा पश्चिमी प्रतिबन्ध लगाएपछि चीन रुसका लागि एक ठूलो सहारा बनेको छ।
अमेरिकाले युक्रेनलाई टोमाहक क्रुज मिसाइल दिन अस्वीकार गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























