समाचार

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

Banner

रूपन्देही,कात्तिक ६-

दिदीको हातबाट तिहारको टीका लगाएर फर्कँदै गर्दा दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपाकिका ५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका ५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भट्टराइको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area