क्रिकेट

एनपीएलः कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

Banner

काठमाडौं,कात्तिक ६-

कर्णाली याक्स स्पोर्टस प्रालीले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपीएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन्।

कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ। जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ। दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट तीन नोभेम्बरमा गर्दैछ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन्। विपिनसँगै दीपेन्द्र, अर्जुन र युनिससिंह कर्णाली प्रदेशकै खेलाडी हुन्।

त्यस्तै, क्लबले पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ। २९ वर्षीय वाटले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन्। यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area