समाचार

मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको छः अध्यक्ष दाहाल

Banner

काठमाडौँ, कात्तिक ५ –

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको बताउनुभएको छ ।

नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ शुभारम्भको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो, नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको छ ।”

विशेष गरी नेवार समुदायले नेपाल संवत्लाई व्यावहारिक रुपमा लागू गर्दै आएकामा पछिल्लो समय सरकारी दस्तावेजमा यस संवत्लाई अनिवार्य गरिएको अध्यक्ष दाहालले बताउनुभयो । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुरुआतसँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको उहाँको भनाइ छ ।

विसं २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्लाई सरकारी माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेसँगै व्यावहारिक प्रयोगमा आएको छ । नेपाल संवत्लाई राष्ट्रिय विभूति शङ्खधर साख्वाःले सुरुआत गर्नुभएको थियो । नेवार समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पु¥याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी भएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>