खैरहनी
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु
०

खैरहनी,कात्तिक ५-
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटनमा परेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गयराती खैरहनी नगरपालिका २ जनजिवन टोलस्थित भित्री सडकमा बागमती प्रदेश ०३ ००५ प ४३०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा परिचय नखुलेका अन्दाजी २२ २३ वर्षका युबक घाइते भएका थिए । टाउकोमा गम्भिर चोट लागेको उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















