समाचार

विपीन जोशीको शव काठमाडौं आइपुग्यो

Banner

काठमाडौं, असोज ३-

प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव आज ९सोमबार० काठमाडौं आइपुगेको छ । इजरायल सरकारले उनको शव काठमाडौंसम्म ल्याइदिएको हो ।

विपीनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शव आज नै नेपाली सेनाको जहाज (स्काई ट्रक)मा राखी धनगढी विमानस्थलसम्म लगिने छ । धनगढी विमानस्थलबाट सुदूरपश्चिम पृतनाले विपीनको शव कञ्चनपुर पुर्‍याउने छ । कञ्चनपुरमा उनको अन्तिम संस्कार गरिनेछ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाई लगेका थिए । केही दिनअघि हमास र इजरायलबीच युद्धविराम भएपछि हमासले विपीनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

त्यसपछि हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परीक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>