चितवन विशेष

गणित शिक्षा परिषद् चितवनमा बसन्तराज लामिछानेको नेतृत्व

Banner

चितवन, कात्तिक १-
गणित शिक्षा परिषद् चितवनको अध्यक्षमा बसन्तराज लामिछाने चयन भएका छन् । परिषद्को आज सम्पन्न ८ औं महाधिवेशनले लामिछानेको नेतृत्वमा पछि दुई सदस्य थप गर्ने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा गोबिन्द पौडेल, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा सकुन्तला अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रमानिधी पन्थ, भूमिश्वर गैरे, राजु थापा, सविन तिवारी र विनोद अधिकारी रहेका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसको सहप्राध्यापक रहेका अध्यक्ष लामिछाने काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गर्दै छन् । उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा एक दर्जन बढी अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् ।

गणित शिक्षा परिषदको १५ औ साधरण सभा तथा ८ औ महाधिवेशसनको अध्यक्षता गणित शिक्षा परिषद् चितवन शाखा अध्यक्ष देवीप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा गणित शिक्षा परिषद केन्द्रीय सदस्य गुरुप्रसाद पौडेल, वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक प्रेमसागर भण्डारी, बागमती प्रदेश गणित शिक्षा परिषद्का उपाध्यक्ष माधवप्रसाद पौडेल, वाल्मीकि शिक्षा सदका प्रिन्सिपल प्रदिप पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनको बन्द शत्रमा कोषाध्यक्ष प्रकाश सुवेदीको कोषाध्यक्षको प्रतिवेदन, सचिव गोबिन्द पौडेलको सचिवको प्रतिवेदन पारित भएको छ । त्यस्तै निर्वाचन समितिका संयोजक गुरुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ कार्यसमिति छनोट गरिएको हो । परिषद्ले चितवनका हरेक पालिकाहरुमा परिषद्को बिस्तार, कम्तीमा एक एक ओटा कार्यक्रम गर्ने योजना बनाएको छ भने परिषद्का् जर्नल तथा मुखपत्र प्रकाशनलाइ निरन्तरता दिने प्रतिबद्धता पनि परिषद्ले गरेको छ । चितवन जिल्लाका क्याम्पस तथा विद्यालयहरुमा गणित शिक्षण प्रक्रियालाई अझ व्यवस्थित र व्यवसायिक बनाउन परिषद्ले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>