समाचार

कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने जेनजी अगुवा शाही ठगी र बैंकिङ कसुरका अभियुक्त

Banner

काठमाडौँ, असोज २८- 

जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको भेटिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।

उक्त टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग समेत गरेको छ । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको समेत भिडियो फुटेजमा देखिन्छ ।

शाही बैंकिङ कसुर मुद्दाका अभियुक्त रहेको भेटिएको छ । शाही विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर उनलाई प्रहरीले पक्राउ गरेको थियो । श्रीकृष्ण फुयाँलले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै २०८२ वैशाख ३० मा वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको थियो । विभागले उनलाई ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर उनलाई प्रहरीमा उपस्थित गराइएको थियो ।

प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त उनी ३० हजार धरौटी बुझाएर छुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>