समाचार

बन्धकको शव लिन गाजापट्टी पुग्यो रेडक्रस

Banner

काठमाडौँ, असोज २७-
हमासले हस्तान्तरण गर्न लागेको चार वटा शव बुझ्न अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) गाजाको दक्षिण भेगमा पुगेको छ । इजरायली सेनाका अनुसार रेडक्रसका टोलीलाई दक्षिण गाजाको तोकिएको स्थानमा हमासले शव राखिएको कफिनहरू हस्तान्तरण गरिनेछ ।

हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । अपहरित भएकामध्ये २६ जनाको शव हमाससँग छ । इजरायली सेना र इजरायली गुप्तचर निकायले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थप बन्धकका शव प्राप्त गर्न पनि तयारी अवस्थामा रहेको जनाएको छ ।

इजरायली सेनाले मृतकको शवको डीएनए परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>