समाचार

नेपाल इतिहासकै गम्भिर संकटमा छः महामन्त्री सिंह

Banner

चितवन, असोज २७

नेकपा (मसाल)का महामन्त्री महोन विक्रम सिंहले नेपाल गम्भिर संकट तर्फ अगाडि बढेको बताएका छन् । राष्ट्रिय जनमोर्चा चितवनले सोमबार(आज) नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले जेन–जी आन्दोलनमा गलत प्रवृतिका मानिसहरु घुसपेट गरेर देशलाई इतिहासकै गम्भिर संकट तर्फ अगाडि बढाएको बताएका हुन् ।

‘नेपालीले राणा शासनको अन्त्य गरे, त्यसपछि ३० वर्षिय पञ्चायत शाषन परास्त भयो । वि.सं०५९ सालमा राजा ज्ञानेन्द्रले गरेको ‘कु’ लाई पराजित ग¥यो’ इतिहासका संघर्ष सुनाउँदै महामन्त्री सिंहले भने ‘जेन–जी आन्दोलनमा देशमा प्रतिगमनकारी सहित भारत र अमेरिकी साम्राज्यबाद छिरेर देशलाई पहिलेको संकटभन्दा बेग्लै र गम्भिर संकटमा धकेलेका छन् ।’
नेपालका पुराना कम्युनिष्ट नेता समेत रहेका महामन्त्री सिंहले अहिलेको अवस्था हेर्दा घोषण गरिएको निर्वाचन अन्योलमा रहेको बताए । ‘केही जेन–जीहरु अन्तरिम संविधान बनाएर निर्वाचनमा जाने भनेका छन् । केहीको संविधान संशोधनको कुरा छ । कतिले प्रत्यक्ष कार्यकारी निर्वाचन गर्नुपर्छ भनेका छन् । अहिले राजनीतिक दलले संसद पुनःस्थापना गर्नुपर्छ भनेका छन्, अहिलेको अवस्था चित्रण गर्दै’ उनले भने ‘यसरी हेर्दा तोकिएको समयमा निर्वाचन गर्न कठिन छ।’ उनले जेन–जीको मागहरु अझै स्पष्ट हुन नसकेको समेत दाबी गरे । संगठन र नेतृत्व नभएको जेन–जीहरु अन्य शक्तिको प्रयोगमा आएको दाबी गरे । उनले भदौ २४ गतेको आन्दोलन जेन–जीको मात्र नभई आफ्नो स्वार्थ पुरा गर्ने गलत प्रवृतिका मानिसपनि भएको बताउँदै अहिले जेन–जीका मागहरु हावामा उडेको बताए ।

उनले नेपालको परिभेषमा प्रत्यक्ष कार्यकारी प्रमुख हुने व्यवस्था उचित नहुने धारणा राखे । ‘अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाले कुन रुप लिइरहेको छ हामीले देखिरहेकै छौँ,’ उनले भने ‘नेपाल जस्तो मुलुकमा हामीले पहिलेपनि उचित छैन भनेका हौँ ।’

अहिलेको जेनजी आन्दोलमा प्रशिक्षत गर्न अमेरिकाबाट समेत मानिसहरु आएको उनको दाबी छ । उनले अमेरिकाले नेपालको भूभाग प्रयोग गरेर तिब्बतलाई कब्जा गर्न चाहेको आरोप समेत लगाए । ‘दलाई लामालाई अहिलेको सरकारबाट तिब्बतका उद्देश्यहरु पुरा हुन्छन् भन्ने विश्वास छ । अमेरिका पनि त्यही चाहन्छ,’ अमेरिकालाई गम्भिर आरोप लगाउँदै सिंहले भने ‘तिब्बत माथि आक्रमण गर्ने अनुकुल ठाउँ नेपाल बाहेक अरु छैन । एमसिसि छिराएर भएपनि अमेरिका नेपालको भूमी प्रयोग गरेर चीनसँगको लडाई लड्ने दाउमा छ।’ उनले युवा पुस्ता भनेर मात्र नहुँदैन कतिपय युवाहरु विदेशी पैसामा विक्ने पनि हुने गरेको बताए । उनले यस आन्दोलनमा राजावादी र रास्वपा लगायतका दलका व्यक्तिको समेत घुसपेट भएको आरोप लगाएका छन् । सर्वोच्च, सिंहदरबार, संसद लगायत देशभर राष्ट्रिको सम्पती जलाउनका लागि मानिसहरुको घुसपेट भएको बताए ।

उनले तत्कालिन सरकारले नबनाई सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएकाले जेन–जी आन्दोलनलाई थप बल पुगेको बताए । ‘सामाजिक सञ्जालले अराजकता र छाडा प्रवृति निम्ताएको थियो । त्यसलाई नियन्त्रण गर्न आवश्यक थियो, उनले भने सर्वोच्चले पनि कानुन बनाएर नियन्त्रण गर्न भनेको थियो । तर, सरकारले कानुन नबनाई ठाडो तरिकाले नियन्त्रण गर्नु गलात थियो’–उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>