समाचार
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
०

काठमाडौं,असोज २५-
देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा मात्रै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार राति कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ । हिजोदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























