समाचार

अवैतनिक दूतका गाडीलाई दिइएको निलो नम्बर प्लेट खारेज

Banner

काठमाडौं, असोज २४-

नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरलरकन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ ।

अवैतनिक कन्सल जनरलरकन्सलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘साथै, निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरुपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको हो,’ परराष्ट्रले भनेको छ ।

हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने मन्त्रालयले जनाएको छ ।

ूअवैतनिक कन्सल जनरलरकन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित ९नियुक्ति दिने० मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुखरसरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालका लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ,ू परराष्ट्रले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>