खेलकुद

टी–२० विश्वकप छनोटः नेपाललाई जापानले दियो १३२ रनको लक्ष्य

Banner

काठमाडौं, असोज २४-

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो ।

जापानका लागि कप्तान केन्डेल काडोवाकी(फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाए । उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रनको योगदान दिए । एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्य क्रमका ब्याटर चल्न नसक्दा स्कोर १३१ मै रोकिन पुग्यो ।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>