समाचार

भदौ २४ को घटनामा गृहको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

Banner

काठमाडौं, असोज २३-

नेपाली कांग्रेसले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनीलगायत घटनालाई लक्ष्य गरी गृह मन्त्रालयले दिएका अभिव्यक्तिमा गम्भीर आपत्ति जनाएको छ।

गृह मन्त्रालयले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान गरिरहेकोले सरकारका तर्फबाट अहिले त्यसबारे कामकारबाही नहुने आसयको अभिव्यक्ति दिएको भन्दै कांग्रेसले त्यस्ता अभिव्यक्तिले मुलुकमा अशान्ति र असुरक्षा बढाउने बताएको हो।

सानेपामा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘भदौ २४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भन्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ।’ सरकारले चुनावको मिति घोषणा गरेको बेला शान्ति र सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए। ‘चुनाव घोषणा भएको अवस्था छ, यस्ता अभिव्यक्तिले देशमा अशान्ति र असुरक्षा बढ्छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>