समाचार
१८ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन, नत्र बर्खास्त हुने
०

काठमाडौं,असोज २१-
प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जाका १८ जना प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र सम्पर्कमा आई गैरहाजिर हुनुको चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। निर्धारित समयमा हाजिर नभए सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढ्ने चेतावनी पनि दिइएको छ।
आज प्रकाशित सूचनाअनुसार, ती प्रहरी कर्मचारीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको उल्लेख छ। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ ९२० बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेपछि पनि उनीहरूले सम्पर्क नगरेको बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























