समाचार

प्रहरीका सईको घरमा चोरी, करिब ७ तोला सुन लुटियो

Banner

काठमाडौं,असोज १५-

इटहरीमा नेपाल प्रहरीका नायब निरीक्षक (प्रनानि) दीपेन्द्र खवासको घरमा चोरी भएको छ । उनको फोडेर करिब ७ तोला सुन चोरी भएको बताइएको छ। सई खवासको परिवार श्रीमती प्रियंका र छोरासहित मंगलबार मुलघरमा खाना खान गएको बेला चोरी भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, डीएसपी सुवास हमालले जानकारी दिए ।

चोरले घरभित्र राखिएको रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के तिलहरी १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना लगेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेको प्रहरीले शुरूमा आफन्त तथा नातागोताका व्यक्तिमाथि निगरानी बढाइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>