विचार/ब्लग
जेनजी आन्दोलनः सधैंका लागि अस्ताए अनिश पराजुली

प्रेम कंडेल
चितवन, असोज १२-
२०८२ भदौ २४ गते भएको युवा पुस्ता (जेनजी) को आन्दोलनको क्रममा महाराजगञ्ज चक्रपथमा सरकारद्वारा लोकतान्त्रिक अभ्यास लागि देशमा शान्ति तथा अमनचयन कायम गर्न, भ्रष्टाचारको समूल अन्त्य र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेर गोली चल्यो। उक्त आन्दोलनमा सक्रिय सहभागी नवयुवा अनिश पराजुली (रमेश)को गोली लागि घटनास्थलमा शहादत प्राप्त गरे।
गोली लागि शहादत प्राप्त गरेका उनी गोरखा पालुङटार–३ बज्रेडाँडा निवासी हुन्। उनका एक श्रीमती एवम् दुई छोरा १३ वर्ष र २१ महिनाका छन्। तथापि ती १३ वर्षका बालकलाई आफन्तजनले सम्झाएका छन् तर २१ महिनाका बाबा भन्छ आफन्तजनले फर्काउने केही शब्दहरू छैनन्। स्तब्ध भएको छ समाज पनि। कति पिडादायी छ श्रीमतीको जसको सिन्दुर पुछियो, हजारौँको साझा सपनाका यात्री बनेर मृत्युवरण गरे अनिश पराजुली रमेशले। एउटा दरिलो समाजको खम्बा गल्र्यामगुर्लुम ढलेको त्यो क्षण निकै पिडादायी बनेको छ उनको समाज, आफन्तजन र प्रियजनहरुको लागि।
कुनै आमाबाबुको काख र कसैको साथ टुटाउँदै, कसैका सन्तान टुहुरा पार्ने कस्तो पुरुषार्थ रहेछ सरकारको। सत्ताको त्यो कुर्सी कति मूल्यवान रहेछरु जनताको सर्वोत्तम छोराछोरीको ज्यान भन्दा पनि मूल्यवान कुर्सी हो भन्ने मानसिकता बोकेका संघिय लोकतान्त्रिक गणतन्त्रका शासक वर्गले के मार्ग दिशानिर्देश गरेको छ देशलाई जनता यो प्रश्नको जवाफ चाहन्छन्। सामन्तवादको अन्त्य गरेर बनेको यो गणतन्त्र नेपालको चरित्र जनताको पक्षमा उठाउने आवाजको निर्मम दमन पक्कै होइन होला। समयले यसको उत्तरको गम्भीर समीक्षा गर्नेछ।
पराजुलीका परिवार हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका रमाइलो डाँडामा भाडाको घरमा बस्दै आएका छन्। उनले केही समय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ शिवघाटस्थित नारायणी विद्या मन्दिर आवासीय निजी विद्यालयमा अध्यापन गरेर विदेशमा काम गर्न गएका थिए। उनको समाज, देश र जनताको सेवा गर्ने उद्देश्यले नेपाल आइ परिवारसँगै बसेर काम गरीरहेका थिए। उनको भ्रष्टाचारमुक्त समृद्ध देश र समाज निर्माण गर्ने सपना अपुरो भएको छ। यो सपना जेनजी पुस्ताको काँधमा आएको छ।
अलविदा अनिश पराजुली (रमेश) भाई , तिमी अमर भएका छौं हाम्रो मुटु चुँडिएको छ।
























