Uncategorized

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

Banner

भारत, असोज १२ –

अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्‍यालीमा शनिबार साँझ भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ।तमिलनाडुको करुरमा आयोजित उनको र्‍यालीमा भएको भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिलाहरु पनि रहेछन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ भने बाँकी पाँच जनाको शव पहिचान गर्ने प्रक्रिया जारी रहेको छ। शव पहिचान भइसकेका शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ।

उक्त दुर्घटनामा विवाह भएको एक वर्ष मात्र भएको तिरुचिरापल्ली जिल्लाका थमराइक्कननको पनि मृत्यु भएको छ। उनकी श्रीमती नौ महिनाकी गर्भवती थिइन्।यस्तै भागदौडमा करुरको विश्वनाथपुरी क्षेत्रकी हेमलता र उनका दुई छोरीको पनि मृत्यु भएको छ।

२८ मृतक करुर जिल्लाका बासिन्दा थिए, जसमध्ये सात जना एउटै गाउँका थिए। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>